प्रदीप ज्ञवालीले भने- प्रधानन्यायाधीश हटाउने खेलमा एमाले लाग्दैन

२३ मंसिर, काठमाडौँ ।

Advertisement

नेकपा एमालेले पाटी समग्र न्यायालयको सुधारको पक्षमा रहेको जनाएको छ । काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले न्यायालयका एक व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा सुधार नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने खेलमा एमाले नरहेको बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले न्यायालयमा उत्पन्न भएको समस्याको स्रोत असार २८ गते भएको र सर्वोच्च अदालतबाट सबैभन्दा बढी पीडित एमाले पार्टी भएको बताए ।

Advertisement

यसैगरी एमालेले मङ्सिर २८ गते बोलाइएको संसद् बैठक चल्न नदिने सङ्केत गरेको छ । उपमहासचिव ज्ञवालीले एमालेले कारबाही गरेका व्यक्तिलाई संसद् भवनभित्र राखेर बैठक चल्न नसक्ने जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले राष्ट्रिय राजनीतिमा एमालेको दशौँ महाधिवेशनबाट एमाले पहिलो पाटी भएको पुर्नपुष्टि गरेको बताए। उनले महाधिवेशन अघि पार्टीमा देखिएका तीन वटा मनोविज्ञानहरू अहिले एउटै भएको उल्लेख गर्दै पाटी थप एकताबद्ध र सुदृढ भएको बताए ।

Advertisement

महाधिवेशनबाट छुटेका नेताहरूलाई पार्टीको आगामी केन्द्रीय कमिटीबाट १० प्रतिशत मनोनयन गरी समेट्ने समेत उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top