विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन

२२ मंसिर ७८, बिहीबार

२३ मंसिर, काठमाडौँ ।

Advertisement

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले अर्थ मन्त्रालयले विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारे जानकारी दिँदै सो कुरा बताएका छन् ।

सो ‘टास्क फोर्स’ ले दैनिक १९/२० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको समेत मन्त्री शर्माले जानकारी दिए । नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको उनले बताए । यसले राजस्वमा टेवा पुर्‍याउने विश्वास मन्त्री शर्माले व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top