×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी झरे बालबालिका

२४ मंसिर २०७८

२४ मंसिर, बाग्लुङ ।

ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् । पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेँसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् । “मेरा परिवारका सदस्य सबै बेँसी झरिसके, अब म पनि झर्ने तयारीमा छु”, तमानखोला गाउँपालिका–२ का पूर्णबहादुर छन्त्यालले भने, “चिसो बढेपछि ढोरपाटनमा बस्न सकिँदैन ।”

Advertisement
Advertisement

बालबालिका बोबाङमा झरिसकेकाले ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको स्थानीय अभिभावक आइते विश्वकर्माले बताए । काम विशेषले आफू गाउँमै बसेपछि बालबालिका बेँसी झरिसकेका उनले जानकारी दिए । ढोरपाटनका अधिकांश मानिसको बोबाङ, निसी र बुङ्गादोभानमा जग्गा तथा घर छ । खेतीपातीका लागि उनीहरु गर्मी मौसममा लेकमा जान्छन् भने चिसो बढेपछि बेँसी झर्ने गरेका हुन् ।

बालबालिका बेँसी झरेपछि ढोरपाटनको ज्ञानोदय माविमा पनि विद्यार्थी सङ्ख्या बढेको प्रधानाध्यापक यामबहादुर कायतले बताए । “बालबालिका पढ्न आउँछन्, नआऊ भन्न मिलेन, चिसो समयमा फर्निचर पनि पुग्दैन”, उनले भने, “गर्मी लागेपछि भने उनीहरु ढोरपाटन जान्छन्, विद्यालय सुनसानजस्तै हुन्छन् ।” माथिल्लो कक्षाका बालबालिका अभिभावक नभए पनि घरमै बस्ने भएकाले विद्यार्थी नघट्ने उनले बताए । साना बालबालिका भने अभिभावककै साथमा जाने आउने गर्छन् ।

ढोरपाटनमा अधिकांश किसानले आलुखेती गर्छन् । उक्त आलु भित्र्याएपछि पशु चरन गर्ने र आगामी वर्ष आलु लगाउने योजनामा उनीहरूले बसाइँसराइ गरिरहन्छन् । “आलु उत्पादन गर्ने, बुर्तिबाङमा बेच्ने र जीवन चलाउने गरेका छौँ”, स्थानीय चन्द्रसिंह कुमाइले भने, “आलु नलगाए किसानलाई खानै पुग्दैन ।”

उच्च पहाडी क्षेत्र भएकाले धानखेती भने हुँदैन । ढोरपाटनका जनवादी आधारभूत विद्यालयसँगै ज्योति विकास मावि र सरस्वती प्राविमा पनि बालबालिका घटेका छन् । अत्यधिक जाडो हुँदा अस्थायी विद्यालय नभएकाले पनि बन्द गराउँछन् । बस्ती सुनसान भएपनि ढोरपाटन घुम्नेको सङ्ख्या भने बढेको छ । गुल्मी, पर्वत, बागलुङ, म्याग्दी तथा प्युठानबाट बढी मानिस घुम्न आउने गरेको वडा नंं ९ का सदस्य पानबहादुर विकले बताए ।

पर्यटक धेरै नै आउँछन्, कतिपयले रमाइलोका लागि आउँछन् भने कतिपयले समूहको अध्ययन अवलोकनस्थल पनि ढोरपाटन बनाउने गरेका छन् । ढोरपाटनमा आउनेले यहाँका सांस्कृतिक पहिचान, लोकगीत सङ्गीत र कला तथा संस्कृतिको पनि खोजी गर्ने गरेको होटल व्यवसायीले बताए । सामुदायिक घरवासमा बस्ने र होटलमा बस्ने पाहुनाले गीत सङ्गीतका लागि दोहोरीको व्यवस्थापन गरिदिन समेत आग्रह गर्ने गरेको विकले बताए ।

आरक्षमा चिसो बढे पनि कर्मचारी भने नियमित बस्ने गरेको सिनियर गेम स्काउटर वीरबहादुर थापाले बताए । “चिसो, गर्मी भनेर स्थानीय बासिन्दाजस्तो हामी सर्न पाइँदैन, बरु यो बेला हुनसक्ने चोरी सिकारीमा ध्यान दिनुपर्छ”, थापाले भने, “चिसो सहेरै हामी बस्ने गरेका छौँ ।” चिसो बढेपछि फोन तथा इन्टरनेटमा समेत समस्या आउँदा सूचना सञ्चारमा कठिनाइ हुने उनले बताए । यहाँ रहेको नेपाली सेनाको गुल्म र आरक्ष कार्यालयले भने चिसो बढे पनि ढोरपाटन छाड्न पाइँदैन ।

Advertisement

–तारानाथ आचार्य/रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top