सुनचाँदीका मूल्यमा सामान्य गिरावट

२४ मंसिर ७८, शुक्रबार
Share this
703shares

२४ मंसिर, काठमाडौँ।

Advertisement

सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार २०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top