×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपालमा विदेशी शक्तिले अराजकता फैलाउन खोजेः केपी ओली

२४ मंसिर २०७८

२४ मंसिर, काठमाडाैँ ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन् । शुक्रवार नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका हुन् ।

Advertisement
Advertisement

नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कुटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे । नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफुविरुद्ध लेखिएको पनि उनले बताए । अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए ।

उनले भने – ‘एउटा नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमाले विरुद्ध छ । अलिक राम्रैसँग मेरा विरुद्ध छ । उद्देश्य के छ, के हो उनको देशको उद्देश्य भन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने । एउटा कुटनीतिज्ञले कबुल गर्छ लिखित रुपमा अनेकपल्ट हेरेर, लेखेर, हेरेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशित गरेको पुस्तकमा । बोल्दाखेरी बाइ द वे बोलिएको कुरा होइन । लेखेर, हेरेर, पढेर फेरी बिचार गरेर, सम्पादन गरेर प्रकाशित गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो । त्यसको बाधक नेकपा(एमाले) हो, जसले नियन्त्रित अराजकता र अराजकता ल्याउन दिदैँन । उसले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्छ । त्यसकारण हाम्रो विरोधी हो । उनको स्पष्ट छ लेखाई । त्यो कुरा हामीले बुझ्नुपर्दछ । हामी कसैलाई नेपाललाई उनीहरुको हातको नियन्त्रित ढंगको अराजकता, अस्थिरताजस्ता कुराहरु यहाँभित्र पस्न दिदैनौँ, खेल्न दिदैनौँ । खेलिहाल्यो भने पराजित गर्नेछौँ ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’लाई ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाईयो
अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए । एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाई छ । एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल ः सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे । नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपाल ः सम्मानित नेपाली’ को नारा अघि सारेका थिए । ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन् । उनले भने – ‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखी नेपाली भन्यौँ । अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरु निस्किन खोज्या देखिन्छ । राम्रो कुरा हो त्यो । तर पहिले यस्तै भएको थियो । आफ्नो गाउँ आफैँ बनाऔँ एउटा अभियान चलेको थियो । त्यसलाई अनेक खालका नामहरुमा त्यसलाई परिवर्तन गर्न खोजियो ।’

Advertisement

एमालेलाई आराम गर्ने फुर्सद छ्रैन्, देशलाई कामरेडमय बनाउनु
उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गरे । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पुरै देशलाई नै कामरेडमय बनाउन उनले नेताहरुलाई आग्रह गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top