माधव नेपालको सुझाव- राजाले पनि पार्टी खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ

२४ मंसिर, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिए ।

उनले भने- ‘ राम्रो कुरा के हुन्छ भने राजाले पनि एउटा पार्टी खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ। लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्छौं।’

Advertisement

नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top