कांग्रेसले रोकिएको गति अगाडि बढाउनुपर्छः पौडेल

२४ मंसिर २०७८, शुक्रबार
Share this
799shares

२४ मंसिर, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले आफ्नो रोकिएको गति अगाडि बढाउनुपर्ने बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन उदघाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले महाधिवेशनले रोकिएको गतिलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । उनले भने,  ‘कांग्रेसले नेताको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । विकृति र विसंगतिलाई मुक्त गर्दै अगाडि बढाउने काम गर्नुपर्नेछ ।’

Advertisement

पौडेलले महाधिवेशनबाट उज्वल भविष्यको बाटो तय हुने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षबाट सामना गर्ने कांग्रेस बनाउन जरुरी रहेकोसमेत उल्लेख गरे ।

पौडेलले राजनीतिलाई सम्मानित गर्ने दायित्व पनि आफ्नो पार्टीसँग रहेको बताए। पूर्वाग्रह त्यागेर, नजिक टाढाबाट पर रहेर एकताका लागि काम गर्ने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top