देउवा समूहमा असन्तुष्टि, विश्वप्रकाश महामन्त्री पदबाट पछि नहट्ने

Share this
714shares

२५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा पदमा उम्मेदवारी दिन भएका छन्। संस्थापन पक्षका उम्मेदवार शेरबहादुर देउवाको समूहमा नअटाए पनि शर्माले महामन्त्रीमा उम्मेदवारी दिनबाट पछि नहटेको संकेत गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीमा उठ्न शर्मालाई सुझाएका थिए। संस्थापन पक्षबाट प्रदीप पौडेल महामन्त्रीको उम्मेद्वार बनाउने तयारी भएपछि देउवाको गुटमा असन्तुष्टि बढेको हो।

Advertisement

सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षबीच भएको सहमतिमा सिटौला निकट नेता पौडेललाई महामन्त्रीमा उम्मेद्वारी बनाउने तयारी भएको छ। यो निर्णय भएसँगै देउवा पक्षबाट महामन्त्रीको उम्मेद्वार बन्न शर्मा र दुरी बढेको छ।

महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेपनि टिम भने अझै टुंगो लागेको छैन। महामन्त्रीमा शर्मासहित गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारी दिने तयारीमा छन्।

Advertisement

जारी महाधिवेशनमा आज विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top