देउवाको प्यानल: उपसभापतिमा खड्का र गच्छदार, महामन्त्रीमा महत र पौडेल

२५ मंसिर, काठमाडौँ ।

नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने चुनावका लागि सभापति शेरबहादुर देउवाको प्यानलले पूर्णता पाएको छ ।

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । देउवाले विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार बनाएका छन् । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्ने भएका छन् ।

यसअघि प्रवक्ता विश्वप्रकाश शर्मा पनि देउवा प्यानलबाटै उम्मेदवार बन्ने चर्चा भए पनि प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बन्दै देउवा प्यानलबाट बाहिरिएका छन् । विश्वप्रकाशले प्रकाशमान सिंहकाे प्यानलबाट महामन्त्रीकाे उम्मेदवारी दिएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top