गगन भन्छन्- रामचन्द्र पौडेलको स्थान गणेशमानको जस्तो

२५ मंसिर, काठमाडौं।

नेपाली कांग्रेसकाे चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग्गिएका रामचन्द्र पौडेलको स्थान गणेशमान सिंहको जस्तै भएको गगन थापाले बताएका छन्। शनिबार महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि थापाले यस्ताे टिप्पणी गरेका हुन् ।

थापाले नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल एउटा प्रवृत्तिको प्रतीक भएको बताए। कतिपय सन्दर्भमा उहाँ असफल भए पनि, कतिपय सन्दर्भमा उनलाई आफूहरुको साथ नरहेको भए पनि उनको स्थान गणेशमानको झै रहेको बताए।

उनले भने- ‘नेपाली कांग्रेसले जसरी गणेशमानलाई सम्झियो। उहाँ पार्टीको सभापति त कहिल्यै हुनुहुन्न थियो नि। तर गणेशमानको लागि हामीमा विशिष्ट स्थान छ नि। रामचन्द्र पौडेलले त्यस्तो स्थान सिर्जना गरिसक्नुभयो।‘

थापाले नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल एउटा प्रवृत्तिको प्रतीक भएको बताए। कतिपय सन्दर्भमा उहाँ असफल भए पनि, कतिपय सन्दर्भमा उनलाई आफूहरुको साथ नरहेको भए पनि उनको स्थान गणेशमानको झै रहेको बताए।

रामचन्द्र पौडेल सभापति हुने वा नहुने, प्रतिस्पर्धा गर्ने वा नगर्ने कुरा उनको राजनीतिक जीवनमा गौण भइसकेको थापाको भनाइ छ। उनले भने,

‘सिंगो नेपाली कांग्रेसमा एउटा इतिहासको पानामा उहाँको नाम लेखिइसकियो कि उहाँले सक्रिय हुन्न भने पनि, प्रतिस्पर्धा गर्दिनँ भने पनि रामचन्द्र पौडेलको एउटा भ्यालु भइसक्यो। त्यो कसैले मेट्न सक्दैन ।’

यस महाधिवेसनमा सभापतिको प्रतिस्पर्धी बन्ने आकांक्षा राखेको भए पनि आफ्नो समूहबाट एकल उम्मेदवार बन्न नसकेपछि पौडेल प्रतिस्पर्धाको होडबाट बाहरिएका थिए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top