विनाशकारी आँधीका कारण अमेरिकामा कम्तिमा ५० जनाको मृत्यु

२५ मंसिर ७८, आइतबार

२५ मंसिर, एजेन्सी ।

Advertisement

अमेरिकामा विनाशकारी आँधीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ। यो संख्या अझै बढ्नसक्ने केन्टकीका गर्भनर एन्डी बेशियरले बताएका छन्। उनका अनुसार कम्तिमा ७० देखि एक सयमसम्म मृतक संख्या बढ्ने छ।

उनले विनाशकारी आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताएका छन्। न्युयोर्क टाइम्सका अनुसार  त्यहाँको विभिन्न गोदामहरुमा कामदारहरु फसेका छन्। केन्टकीको मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेकाे जनाइएकाे छ।

Advertisement

गर्भनर बेशियरले उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top