दुर्गा प्रसाईंलाई एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव

Share this
720shares

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ ।

Advertisement

शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ३० बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् । तर नेताहरूले ओलीको प्रस्तावको विरोध गरेका छन् ।

त्यस्तै लालबाबु पण्डित, दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्यप्रसाद पाठक, यज्ञ बोगटी, हरि घिमिरे, सहदेव बोगटी, युवराज बास्कोटा, विशाल भट्टराई, बद्री न्यौपाने, विषमलाल अधिकारी, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, भीम केसी, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक मनोनीतको सूचीमा रहेका छन् ।

Advertisement

त्यस्तै इन्दिरादेवी गौतम, शान्ति अधिकारी, इन्दिरा सञ्जेल, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, तारादेवी गुरुङ, गीता कार्की, रुक्मिणी राणा, सविता यादवलगायत पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top