सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १६५ जना बेपत्ता

२६ मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार कामका लागि भारत गएका नागरिकहरु यति ठूलो सङ्ख्यामा बेपत्ता भएका हुन् ।

भारतका विभिन्न सहरमा मौसमी र बेमौसमी कामदारको रुपमा करिब ६ लाख श्रमिक श्रम गर्दै आएका संस्थाको अनुमान रहेको छ।

कामको खोजीमा भारत पसेका श्रमिकमध्ये प्रायजसो असुरक्षित रुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए ।

उनले भने, ’कामका लागि भारत गएका श्रमिकहरुले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसै अनुरुप प्रायजसो श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ ।’

नेपाली श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकहरुको गुनासो छ। भारतमा हुने श्रम शोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उतै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।

उनले भने, ’ऋण लागेर कमाउन भारत गएकाहरु त्यहाँ दुःख पाउने गरेका छन्, दुःख सहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन् ।’ भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ ।

लाखौँको सङ्ख्यामा श्रमका लागि भारत पसेका नेपालीमध्ये बेपत्ता हुनेक्रम बढ्दै जाँदा समेत यो विषयलाई राज्यपक्षबाटै उपेक्षा गरिँदै आएको यहाँका स्थानीयको आरोप छ । भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएकै कारण कुटपिट, लुटपाट, बेपत्ता र हत्या समेत हुने गरेको इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशी समर्पणले बताए ।

उनले भने, ’श्रमिकको अवस्था बुझ्नु पर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कसले खोज्ने ?’ भारत गएकाहरुसँग श्रम सम्झौताको व्यवस्था नहुँदा नेपाली श्रमिकले भारतमा असुरक्षित भएर श्रम गर्नु परिरहेको उनको भनाइ छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top