×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

कांग्रेस महाधिवेशनमा मतदान गर्न पुगेका शीर्ष नेताहरुले के भने ?

२७ मंसिर २०७८

२७ मंसिर, काठमाडौं ।
नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन् ।

सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताएका हुन् । उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताए ।

Advertisement
Advertisement

नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताए ।

१५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने

नेता खाँडले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी गरे । नेता खाँडले भने, ‘पुराना अनुहारहरुको पनि यो पार्टीमा धेरै योगदान छ । युवापुस्ताहरु पनि आउनु भएको छ । त्यसैले पुराना र युवा पुस्तालाई संयोजन गरेर हामी अघि बढ्नेछौँ । १५ औँ महाधिवेशनमा नेपाली काँग्रेस विद्युतीय मतदानमा जान्छ ।

यसपटक सभापति पहिलो चरणमा नै पार गर्नुहुन्छ र विजयी हुनुहुन्छ । त्यही नै मतदाताहरुको रोजाई देखियो । म एक कदम पछि हटेर पार्टीको वृहत्तर एकताका लागि काम गरेको छु । अहिले पनि पार्टी सभापति, प्रधानमन्त्रीलाई साथ दिनु मरो दायित्व हो । टिम मिलाउन केही कठिनाइ देखिएपछि मैले केन्द्रिय सदस्यमा नै बसेको हुँ ।’

स्वविवेकले मतदान गर्छुः शशांक कोइराला

त्यस्तै नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताए ।

आफू जहिल्यै पनि कांग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उनले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए ।

म कुनै पक्षमा जान्न

नेता कोइरालाले भने, ‘म कुनै पक्षमा जान्न भन्दा किन अचम्म ? मैले भनिहालेँ नि आफ्नो स्वविवेकले भोट दिन्छु । मैले आफ्ना सभर्थकलाई भनेको छु, मैले ४ वटै पक्षलाई लिएर जानुपर्छ भन्ने मान्छे हो । म कस्तो हुँ भने काँग्रेसलाई एकवद्ध बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिन ।’

नेतृत्व असक्षम हुँदा मेरो उम्मेदवारीःप्रकाशमान सिंह

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताए ।

उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए । सभापतिका उम्मेदवार सिंहले भने, ‘साँचै भनौँ भने यो १४ औँ महाधिवेशन बहुदलिय व्यवस्थाको पुनर्बहाली पछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ ।

यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ ।

आज (सोमबर) पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top