मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित तीन जना पक्राउ

२८ मंसिर ७८, मंगलबार
Share this
743shares

२८ मंसिर, मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।

Advertisement

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे बिराटनगर महानगरपालिका–१६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप–महानगरपालिका–४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने हिजो राती ६ बजे बिराटनगर महानगरपालिका–१७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप–महानगरपालिका–१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 

Advertisement

त्यसैगरी हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय च्.क्ष्.त् बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका–५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका–६ का २१ बर्षिय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top