×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

म्याग्दीमा बाँदरले सुन्तला नष्ट गर्न थालेपछि आलोपालो बगैँचा कुर्दै कृषक

२८ मंसिर २०७८

२८ मंसिर, म्याग्दी । बाँदरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् ।

बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए ।

Advertisement
Advertisement

’सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ’, उनले भने, ’रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।’ करिब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरेका छन् ।

बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाएर बगैँचा कुर्ने गरेका छन् । वडा, नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयमा बाँदर नियन्त्रणका लागि अनुरोध गरिएको कृषक थापाले बताए । उनका अनुसार बाँदरको समस्याले नपाक्दै सुन्तला टिपेर बजार पठाउन थालिएको छ ।

धान, गहुँ, मकै, कोदोलगायत अन्नबाली क्षति गरेर दुःख दिने गरेको बाँदर पछिल्लो समय सुन्तलामा पल्किएको बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्रीले बताए । बाँदरले दाना झार्ने र खाने मात्र नगरि हाँगा भाचेर थप क्षति गरेको कृषकको भनाइ छ ।

धवलागिरि गाउँपालिका–७ कौछिनीका कृषक भेषनाथ गौतमले बाँदर धपाउने उपकरण पड्काएपछि गएको वर्षदेखि नआएको बताए । दुई वर्षअघिसम्म त्यहाँ बाँदरले सुन्तला र अन्नबाली नष्ट गरेर दुःख दिएको थियो । धवलागिरि गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको बाँदर धपाउने उपकरण ल्याएर कृषकलाई उपलब्ध गराएको थियो ।

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

तीन सय ३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गएको वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । म्याग्दीका सुन्तला पोखरा, चितवन, बुटवल र काठमाण्डौमा निकासी हुन थालेको छ ।

पोखराबाट आएका व्यापारीले बगैँचाबाट सुन्तला खरिद गरेर लैजान थालेका बेनी नगरपालिका–८ राखुका थमबहादुर पुनले बताए । ’बगैँचाबाटै प्रतिकिलो ६५ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ’, उनले भने, ’सुन्तला टिपेर बजार पठाउने चटारो छ ।’

८० घरधुरी रहेको राखु गाउँभरि व्यावसायिक सुन्तला खेती भएको छ । यस गाउँबाट वार्षिक एक करोड रुपैयाँको हाराहारीमा सुन्तला निकासी हुने गरेको छ । बास्कुनाका कृषक तिलक गुरुङले सडक र यातायात सुविधासँगै सुन्तलाले बजार र भाउ पाएको बताए ।

नगद आम्दानी हुने भएपछि कृषकले अन्नबालीको विकल्पमा खेतबारीमा सुन्तला खेती गर्ने क्रम बढेको छ । बाँदरका साथै दानाभित्र औँसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट फ्लाइ र सिट्रोस ग्रिन किराले कृषकलाई सताएको छ ।

Advertisement

औँसा परेर झरेका सुन्तलाको दाना सुरक्षित व्यवस्थापन गर्ने र खाद्य पासो थाप्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सुरु गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top