सेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले सेयर बजारबारे टिप्पणी गरेः ओली

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।

एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए। प्रचण्डले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन्, ओलीले भने, लेनिनभन्दा दुई स्टेप बढ्ता जान्ने भएछन्।

लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन्। लेनिनले भन्दा जान्ने भएर थेसिस नै दिएछन्। अर्थतन्त्र नबुझी बोल्दा रहेछन्। ओलीले लाखौँ लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको पनि बताए।

लाखौँ लगानीकर्ता रहेको सेयर बजारबारे यसरी बोल्नु हुँदैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोले, उनले भने, त्यही रिसमा नरहे बाँस न बज्यो बाँसुरी भनेर सेयर बजार डुबाउन त्यस्तो बोले।

उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए। हामीले त्यस्तो बोलेको भए सडक तातिसक्थ्यो। सञ्चारमाध्यमले आगो लगाउँथे। शान्त छ चुपचाप, आराम छ, उनले भने, तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि कोही बोल्दैनन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top