जीवन रक्षक औषधि सजह उपलव्ध गराउन माग

२७ साउन ७५, सोमबार

विराटनगर,साउन २७
नेपाल औषधि व्यवसायी कोशी अञ्चल समितिले औषधि व्यवस्था विभागले जीवन रक्षक औषधि सजह उपलव्ध गराउने व्यवस्था गर्नु पर्ने माग गरेको छ ।

समितिद्धारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सघन उपचार कक्षमा विरामीको जीवन रक्षाको लागि आवश्यक औषधि सर्वसुलभ रुपमा नेपाल मेडिकल काउन्सिलको सिफारिशमा वजारमा सहज उपलव्धताको लागि आग्रह गरिएको हो ।

संघका कोशी अञ्चल अध्यक्ष कुमार खतिवडाले केही दिन अघि विराटनगरवाट गलत औषधि विक्रीको आरोपमा पक्राउ गरिएको औषधि व्यवसायीलाई विभागमा बयान नलिई प्रहरीमा जिम्मा लगाएकोमा आपत्ति प्रकट गरे ।

Advertisement

औषधि व्यवस्था विभागद्धारा यही साउन २४ गते सूचना प्रकाशित गरी ट्रामाडोल एकल र समिश्रण भएको औषधि अस्पताल फार्मेसीवाट मात्र विक्री गर्ने निर्णय अविलम्व सच्चाउनु पर्नेमा पनि जोड दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top