×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

सन् २०२१ मा विश्वले गुगलमा सबैभन्दा धेरै के खोज्यो ?

१ पुस, बीबीसी ।
गुगलले आफ्नो साइटमा सन् २०२१ मा गरिएको खोजीबाट देखिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गरेको छ।

सो सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ। संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा रहेको यो विशाल प्रविधि कम्पनीले वर्षभरि सबैभन्दा धेरै खोजी गरिएका प्रश्न र शीर्षकहरूबारे हरेक वर्षको अन्त्यतिर विवरण सार्वजनिक गर्दै आएको छ।

Advertisement
Advertisement

एउटा कठिन वर्ष

विश्वभरि कोभिड महामारीले आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च पदावली डूमस्क्रोलिङसँगै हामी सन् २०२१ मा प्रवेश गर्‍यौँ जसले त्यो समयको मर्मलाई प्रतिबिम्बित गर्छ। झन् खराब समाचार आउन सक्ने अनुमानसहित लगातार मोबाइलको स्क्रीन स्क्रोल गर्ने कार्यलाई सो शब्दले दर्साउँछ।

गुगलका अनुसार विश्वभरि डूमस्क्रोलिङ भन्ने शब्दलाई हालसम्मकै सबैभन्दा धेरै सर्च गरिएको छ जसको उत्कर्ष गत ज्यानुअरीमा देखियो। विश्वभरि नै धेरै मानिसका लागि अनिश्चितता र तनावको समय रह्यो। सीमानाकाहरू बन्द भए, हवाई सेवा रोकियो र लकडाउनहरू भए।

मानिसहरू अनलाइनमा कोभिड–१९ सम्बन्धी ताजा विवरणहरू हेर्न थाले र धेरै मानिसले डूमस्क्रोलिङको अर्थ सर्च गरे।

मानसिक स्वास्थ्य

सन् २०२१ मा मेन्टल हेल्थ अर्थात्‌ मानसिक स्वास्थ्य विश्वभरि नै हालसम्मकै धेरै सर्च गरियो। आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भयो। विश्वले हाउ टु मेन्टेन मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र हाउ टु हील अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च गर्‍यो।

जलवायु परिवर्तन

हामीले हाम्रो स्वास्थ्यको बारेमा मात्रै चिन्ता गरेनौँ बरु हाम्रो ग्रहको स्वास्थ्य पनि हाम्रो मतिष्कमा रह्यो।

जलवायु परिवर्तनको भयावह असरका रूपमा विश्वले सन् २०२१ मा आइडा नामक समुद्री तुफानदेखि खडेरी र भीषण डढेलोसम्मको सामना गर्‍यो। गुगल तथ्याङ्कका अनुसार हामीले यसअघि कहिले खोजी नगरेको स्तरमा हरियालीसहित र अझ राम्रोसँग बस्ने तरिकाहरूबारे सोधखोज गर्‍यौँ।

पैसाले अर्थ राख्छ

खासगरी कोभिड महामारीले निम्त्याएको आर्थिक अनिश्चितताबीच मानिसहरू जागिर र अर्थसम्बन्धी सुरक्षालाई लिएर चिन्तित रहिआएका छन्।

गएको वर्ष आफैँ मालिक हुने कुरामा रुचि बढेको देखियो। सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयोः हाउ टु गेट ए जब अर्थात्‌ जागिर कसरी पाउने भन्दा हाउ टु स्टार्ट ए बिजनेस अर्थात्‌ व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखियो।

अमेरिकाको श्रम मन्त्रालयका अनुसार त्यहाँ मात्रै गत अक्टोबरमा ४० लाखभन्दा बढी मानिसले जागिर गुमाएका छन्।

एनएफटी के हो ?

पैसा कमाउनेबारे मानिसहरूको रुचि देखिएको अर्को शीर्षक रह्यो–एनएफटीहरू।

एनएफटी अर्थात्‌ ननफन्जिबल टोकन यस्तो डिजिटल चित्र अथवा कलाकृति हो जसको स्वामित्व पुष्टि गर्नका लागि बनाइएको टोकन किनबेच गर्न सकिन्छ। ट्विटरका संस्थापक ज्याक डोर्सीको एनएफटीको पहिलो ट्वीट २९ लाख डलरमा विक्री भएपछि त्यसबारे हाम्रो जिज्ञासा उत्कर्षमा पुग्यो।

त्यो डिजिटल सम्पत्तिबारे हामीले थप जान्न चाह्यौँ। संसारले एनएफटी शब्दलाई माथि राखेर टु क्रिएट भन्ने टर्म सर्च गर्‍यो।

शाही सेलिब्रिटीहरू

शाही भूमिका परित्याग गरेपछि यूकेका राजकुमार ह्यारी र उनी श्रीमती मेगन मार्कलले गत मार्च महिनामा अमेरिकी प्रस्तोता ओप्रा विन्फ्रेलाई आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्ता दिए। गुगल ट्रेन्ड इतिहासमा त्यो विश्वभरि सबैभन्दा धेरै सर्च भएको अन्तर्वार्ता बन्यो।

अन्तर्वार्तामा उक्त दम्पतीले ब्रिटिश शाही परिवारसँग आफूहरूको तनावपूर्ण सम्बन्धबारे खुलासा गरे अनि उनीहरूको छोराको त्वचाको रङ्गबारे पनि कुरा उठेको चर्चा भयो जुन विश्वभरि समाचारमा चर्चा पायो। तर सन् २०२१ का लागि त्यो मात्रै टेलिभिजनमा चर्चित क्षण थिएन।

कोरियाली नाटक

अधिकांश समय घरभित्रै बस्दा सानो स्क्रीनअगाडि बसेर शृङ्खलाबद्ध कार्यक्रमहरू हेर्न मानिसहरूसँग पर्याप्त समय भयो।

नेटफ्लिक्समा दक्षिण कोरियाली टेलिशृङ्खला स्क्विड गेम विश्वभरि सबैभन्दा बढी सर्च गरिएको कार्यक्रम हो। जीवनमै परिवर्तन ल्याउन सक्ने नगद पुरस्कार शृङ्खलाबद्ध घातक खेलहरूमा बाँच्नुपर्ने मानिसहरूको एउटा समूहको कथाले विश्वलाई मन्त्रमुग्ध बनायो।

Advertisement

र नेटफ्लिक्समा त्यो सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्न सफल भयो।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top