७२ वर्षिय बृद्धले स्वास्थ्यचौकी निमार्णका लागि दिए ५० लाखको जग्गा

विराटनगर,साउन २७
विराटनगर महानगरपालिका १४ नम्वर वडाका ७२ वर्षिय जगदिशप्रसाद यादवले वडा स्वास्थ्यचौकी निर्माणका लागि ५० लाख मूल्य बराबरको जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

महानगरपालिकामा आयोजित कार्यक्रममा जग्गा दाता यादवले विराटनगर–१४ स्थित जतुवामा रहेको दुईकठ्ठा दशधुर जग्गा महानगरपालिकाकालाई हस्तान्तरण गरेका हुन्। महानगरपालिकाको तर्फवाट प्रमुख भीम पराजुली र जग्गादाता यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । महानगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी निमार्णगर्ने उदेश्यले सो ठाउमा स्वास्थ्य चौकि निमार्ण गर्न लागेको हो ।

महानगरपालिकाका प्रमुख भिम पराजुलीले जग्गा उपलव्ध भइसकेकाले भदौदेखि निर्माणकार्य शुरुहुने बताए । त्यसका लागि महानगरपालिकाले १० लाख रुपैया छुट्याएको बताए । जग्गादाता यादवले गरिव तथा विपन्नवर्गका समुदायलाई सहज रुपले स्वास्थ्यसेवा पाउन भन्ने उदेश्यले जग्गा हस्तान्तरण गरेको बताए।

Advertisement

१४ नम्वर वर्डाका वडाध्यक्ष वलदेव यादवले जग्गा प्रदानगर्नु हुने जगदिश यादवलाई धन्यवाद दिँदै महानगरको विकासमा सवैको सहयोग अपरिहार्य रहेको बताए । जग्गा दाता यादवले यस अघि वडामा रहेको श्रीवाल मावि निमार्णका लागि ६ कठ्ठा जग्गा समेत दान दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top