थप २१ लाख ७६ हजार बढी मात्रा जोन्सन खोप नेपाल आइपुग्यो

१ पौष, काठमाडौँ । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा नेपाल ल्याइएको छ ।

बिहान जर्मनीको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत जोन्सनको २१ लाख ७६ हजार ६ सय ५० डोज खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

यो खोप कुन उमेर समूहलाई कसरी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो ।

एक मात्रा लगाए पुग्ने भएकाले वैदेशिक रोजगारीमा जानेहरुको रोजाइमा जोन्सन एण्ड जोन्सनको खोप पर्ने गरेको छ । अन्य कम्पनीको खोप दुई डोज लगाउनुपर्छ ।

स्वास्थ्य मन्त्रालयले जोन्सनको खोप वैदेशिक रोजगारीमा जानेलाई दिने योजना भए पनि अहिलेलाई उपलब्ध भएका जुनसुकै खोप लगाउन आग्रह गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top