Nepal Times
Nepal Times
3
Shares

ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई दूतावासद्वारा घुम्ती सेवा सञ्चालन

ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई दूतावासद्वारा घुम्ती सेवा सञ्चालन

१ पौष, काठमाडौँ । ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी (पासपोर्ट)को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।

भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । मोडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ ।

राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ ३१ को फोटोकपी एक एक प्रति पेस गर्नुपर्छ । यस्तै नागरिकताको फोटोकपी र सेतो पृष्ठभूमि भएको पासपोर्ट साइजको बोर्डरलेस रंगीन फोटो दुई प्रति बुझाउनुपर्छ ।

अहिले एमआरपी पासपोर्ट नै बन्ने पनि दूतावासले जनाएको छ । नेपाल सरकारले गएको मंसिर एक गतेदेखि विद्युतीय राहदानी वितरण गर्न थालेको छ । तर विदेशमा रहेका नेपाली नियोग तथा दूतावासबाट ई पासपोर्ट बन्न अझै केही समय लाग्ने राहदानी विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.