ओमानमा राहदानीको म्याद सकिन लागेका नेपाली श्रमिकलाई दूतावासद्वारा घुम्ती सेवा सञ्चालन

१ पौष, काठमाडौँ । ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी (पासपोर्ट)को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।

भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । मोडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ ।

राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ ३१ को फोटोकपी एक एक प्रति पेस गर्नुपर्छ । यस्तै नागरिकताको फोटोकपी र सेतो पृष्ठभूमि भएको पासपोर्ट साइजको बोर्डरलेस रंगीन फोटो दुई प्रति बुझाउनुपर्छ ।

अहिले एमआरपी पासपोर्ट नै बन्ने पनि दूतावासले जनाएको छ । नेपाल सरकारले गएको मंसिर एक गतेदेखि विद्युतीय राहदानी वितरण गर्न थालेको छ । तर विदेशमा रहेका नेपाली नियोग तथा दूतावासबाट ई पासपोर्ट बन्न अझै केही समय लाग्ने राहदानी विभागले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top