कांग्रेस महामन्त्रीमा निर्वाचित भएकोमा गगन र विश्वप्रकाशलाई प्रदीपको बधाई

२९ मंसिर ७८, बिहीबार

१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले बधाई दिएका छन् ।

Advertisement

‘मेरो राजनीतिक उन्नतीमा उहाँहरूको सहयोग छ । उहाँहरू निर्वाचित हुँदा म खुशी छ,’ मतगणनाको अन्तिम परिणाम आएपछि पौडेलले भने, ‘चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरूले विजय हासिल गर्नुभयो बधाई छ ।’

कांग्रेसको १४औँ महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । दुई जना महामन्त्रीका लागि ६ जना प्रतिस्पर्धामा थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top