वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना खोप उपलब्ध गराउन आग्रह

२ पौष, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)सँग आग्रह गरेका छन् ।

आईओएमका मिसन प्रमुख लोरेना ल्यान्डोसँग मन्त्रालयमा हिजो भएको भेटमा उनले खोपको लागि आग्रह गरेका हुन् ।

यस्तै उनीहरुबीच आप्रवासी नेपाली श्रमिकको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा पनि भयो ।

मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आईओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे ।

वैदेशिक रोजगारीमा गई नेपाल फर्केका श्रमिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रालयले गरेका प्रयासमा आईओएमले सहयोग गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले पाँच वर्षे रणनीतिमा उल्लेख गरिएका विषय कार्यन्वयन गर्न मन्त्रालय र आईओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले मन्त्रालय र आईओएम नेपालबीच आगामी पाँच वर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top