Nepal Times
Nepal Times
3
Shares

मिस नेवा:को विजेतालाई स्कुटीसहित १५ लाखको बिमा

मिस नेवा:को विजेतालाई स्कुटीसहित १५ लाखको बिमा

२ पौष, विराटनगर । नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष विराटनगरमा आयोजना हुदै आएको मिस नेवा सौन्दर्य प्रतियोगिता यसवर्ष पनि आयोजना हुँदैछ ।

मिस नेवाः प्रदेश १ ११४२ प्रतियोगिताको दोस्रो अडिसन यही पुस १० गते झीः पुचको भवन विराटनगरमा हुने भएको छ । पहिलो अडिसन भने पुस ५ गते धरानमा हुनेछ ।

सांस्कृतिक कार्यक्रमसहित प्रतियोगिताको फाइनल भने यही पुस २९ गते दिउँसो २ बजेदेखि राती ९ बजेसम्म स्थानीय होटल नमस्कारमा आयोजना हुनेछ ।

यस वर्षको मिस नेवाको विजेताले स्कुटीसहित १५ लाखको विमाको सुविधा पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितको विजेतालाई ग्रेटाको स्कुटर र ज्योती लाइफ इन्स्योरेन्सबाट १५ लाखको विमा सुविधा उपलब्ध गराइने मिस नेवा आयोजक संस्था मञ्जिना मुभिजका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

विमा अन्र्तगत ५ वर्षसम्मका लागि स्वास्थ्य उपचार र दुर्घटनाजन्य विमाको सुविधा रहने छ। प्रतियोगिताका लागि विराटनगर, धरान, विर्तामोडसहित प्रदेश १ का विभिन्न शहरमा अडिसन हुने ताम्राकारले जानकारी दिए ।

मिस नेवाः को यो चौथो संस्करण हो । गत वर्ष भने कोरोनाको संक्रमणका कारण प्रतियोगिता स्थगित गरिएको थियो । मिस नेवामा नेवारी समुदायका युवतीहरुले सहभागिता जनाउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.