राजसंस्थाका बारे फेरि बोले कमल थापा

३ पुस ७८, आइतबार

४ पुस, विराटनगर ।
नेपालमा राजासहितको हिन्दु राष्ट्रको वकालत गर्दै त्यसै अनुशारको राजनीतिक अभियान चलाईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनपछि अध्यक्षमा पराजित भएका कमल थापा अहिले विरक्तिए झै देखिएका छन् ।

महाधिवशेनपछि आफ्ना हरेक सार्वजनिक अभिब्यक्तिलाई पूर्व राजा ज्ञानेन्द्र र राजसंस्थामा केन्द्रित गर्दै आएका थापाले पार्टीमा ज्ञानेन्द्रको प्रत्यक्ष हस्तक्षेपदेखि राजसंस्थाको औचित्यमाथि समेत प्रश्न उठाउदै आएका छन् । राप्रपामा राजाको भूमिका देखेका उनले त्यसलाई पार्टी हित र भविष्यका लागि निको मानेका छैनन् ।

यसैकारण उनले आफ्ना अभिब्यक्तिमा राजसंस्था र ज्ञानेन्द्रलाई निशाना बनाउदै आएका छन् । आइतबार मात्रै राप्रपाका पूर्वअध्यक्ष थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको टिप्पणी गरेका छन् ।

राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउन अग्रणी भूमिका खेलेका पूर्वउपप्रधानमन्त्री थापाले विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने बताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै उनले विदेशीलाई गुहारेर वा दलहरुमा हस्तक्षेप गरेर र सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन नसक्ने उनले ठोकुवा गरेका छन् ।

थापाले सामाजिक सन्जालमार्फत लेखेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनःस्थापनाको एकमात्र बाटो हो । बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन ।

सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’ यस्तै थापाले पार्टी महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप निर्वाचनमा हारजितसँग मात्र सम्वन्धित नभएको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन् ।

पार्टी महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप निर्वाचनमा हारजितसँग मात्र सम्वन्धित छैन् । राजा सबैको साझा हुन्छ भन्ने राप्रपाको मान्यता विरुद्धको गंभीर आघात हो।यसवारेमा मैले पार्टी अध्यक्षलाई पत्र लेखेर केन्द्रीय समितिमा छलफलको निम्ति आग्रह गरेको छु।आशा छ,मेरो आग्रहको उपेक्षा हुनेछैन् ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top