नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ

३ पुस ७८, आइतबार

४ पुस, सर्लाही ।
सशस्त्र प्रहरीले सर्लाहीको सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको सीतामढी थाना सोनवर्षा ग्राम वडा नम्बर ६ का ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर–१ का ४८ वर्षीय प्रमोदकुमारलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो ।

उनीहरु दुबैलाई सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा नेपाल भारत सीमा नजिक गोरखाकालीबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीले भारतको सोनवर्षाबाट नेपाल आउँदै गरेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूले मोटरसाइकलको डिक्की र सिट मुनि लुकाएर एक हजार दरका एक सय १५ वटा नक्कली नेपाली नोट ल्याउँदै गरेका थिए । प्रहरीले उनीहरुको साथबाट थप ४७ लाख पाँच सय १० भारतीय रुपियाँ समेत बरामद गरेको छ ।

भारती रुपैयाँ सक्कली भए पनि त्यसको थप अनुसन्धानको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको बताएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top