९,८७२ नमुना परीक्षण गर्दा १८१ जनामा कोरोना पुष्टि

३ पुस ७८, आइतबार

४ पुस, विराटनगर ।
नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

पीसीआर र एन्टिजेन गरी ९८७२ जनाको नमुना परीक्षण गर्दा १.८३ प्रतिशत अर्थात १८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप एक जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ५२७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertisement

यसैबीच नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९७ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड २० लाख ३१ हजार १०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरूमध्ये ९६ लाख २३ हजार एक जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top