×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

राष्ट्रियसभामा एमालेको अवरोध, अनिश्चितकालका लागि बैठक स्थगित

५ पुष २०७८

५ पुस, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

बैठकको सुरुवात हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । संसद अवरुद्ध पार्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक चल्न नसक्ने पार्टीको अडान राखेका थिए ।

Advertisement
Advertisement

सरकारले माग सम्बोधन गर्न वार्तासमेत गर्न चाहेन

उनले सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग सम्बोधन गर्न वार्तासमेत गर्न नचाहेको भन्दै आपत्ति जनाए । सांसद दाहालले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुलाई संसदमै राखेर आफूहरुले सदन चल्न दिन नसक्ने पनि दोहो¥याए ।

घुस नखुवाई कुनै पनि काम हुदैन्, सरकार वार्ता गर्दैन्

उनले भने, ‘सदन संचालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल जिम्मेवार हुनुपर्ने होकि सत्ता पक्ष ? हामीले संसदको १० औं अधिवेशनमा जे कुराहरु उठाएका छौं ।

त्यसको सुनुवाई भएकोछैन । हाम्रो पार्टीले कारबाही गरेका सदनमा एउटा प्रश्न गर्न चाहन्छु– सदन संचालनका गर्नका लागि प्रतिपक्ष बढी जिम्मेवार हुनुपर्ने हो कि, सत्तापक्ष बढि जिम्मेवार हुनुपर्ने हो ? यहाँ त प्रमुख प्रतिपक्ष दल चाँही बढि जिम्मेवार हुनुपर्छ भन्ने अपेक्षा गरिरहेको छ ।

हामीले दशौं अधिवेशनमा जुन कुराहरु उठाएका थियौं । ती कुराहरु यथावत रहेका छन । त्यतिबेला संसद अवरुद्ध गर्दा जुन कुरा उठाएका थियौं । ती कुराहरु यथावत रहेका छन । ती कुनै पनि कुराहरु सम्बोधन भएका छैनन । यथावत छन ।

हाम्रो पार्टीले कारबाही गरेका प्रतिनिधिसभामा अहिले पनि सांसदको रुपमै उपस्थिति भएका छन । यो देशको सबैभन्दा प्रमुख पार्टी, सबैभन्दा ठूलो पार्टी नेकपा एमालेले के भनिरहेको छ ? त्यसबारे नत यो सरकारले सुनेको छ, नत प्रतिनिधिसभाको सभामुखले नै ध्यान दिएको अवस्था छ ।

यी सम्बन्धित कुनै पनि पक्षले सुनेको नसुन्यैं गर्ने र समय गुजार्ने काम मात्रै गरिरहेको अवस्था छ । हामीलाई आश्चर्य लागेको छ । सर्वदलीय बैठक डाकिन्छ । प्रमुख प्रतिपक्ष दल उपस्थिति नहुनेगरी । किनभने प्रमुख प्रतिपक्ष दलले उठाएको कयौं कुराहरु त्यहाँ गाँसिएका छन । त्यो नाटक मात्रै गरिन्छ । सर्वदलीय बैठक भनेर ।

यो म धेरै कुराहरु गर्न चाहन्न । परमादेशी सरकार गठन गरेपछि विकास, निर्माणका कामहरु ठप्प भएका छन । यो मेरो आरोप मात्रै होईन । विकास खर्च हुन नसक्दा वा आर्थिक गतिविवधिहरु हुन नसक्दा बैंकहरुमा पैसाको चरम अभाव हुन थालेको छ । पैसाको अभावले ऋण प्रवाह हुन नसक्दा व्यापार व्यवसायहरु मारमा परेका छन ।

हिजो भ्रष्टाचार बढ्यो भनेर चिच्च्याई रहनेगरी आज कुन कुना पसे ? मलाई अचम्म लागेको छ । हिजा ती नियोजित प्रचारबाजी मात्रै रहेछन नि । त्यतिबेला तीव्रत ढंगले विकास निर्माणका कामहरुमा जनताको ध्यान नजाओस भनेर अन्यत्र ध्यान मोडनका लागि ती कुराहरु उठाएका रहेछन ।

किनभने आज सबै ठाउँमा पैसा वा घुस नखुवाई कुनै पनि काम नहुने अवस्था छ । यस्तो अवस्थामा यो सरकार प्रमुख दलसँग बसेर किन वार्ता गर्दैन ? किन अन्य नाटकहरु गरिरहेको छ ? त्यसकारण यी प्रश्नहरुको जवाफ नआउन्जेलसम्म हामीले यो संसद अवरुद्ध गरिराखेका छौं । र आज पनि यो संसद अवरुद्ध हुन्छ । संचालन हुँदैन ।

यो प्रमुख प्रतिपक्ष दलको तर्फबाट हामी भन्न चाहन्छौैं । यो सदन हामी अवरुद्ध गर्न चाहन्छौं ।’

सभाध्यक्षको आग्रह सांसदले सुनेनन्

यता, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुलाई सदन संचालनका लागि सहज बनाई दिन पटक पटक आग्रह गरेका थिए ।

उनले महत्वपूर्ण विधेयकहरु अगाडि बढाउन, देशको विकासको बारेमा, समग्र अर्थतन्त्रको बारेमा आफ्ना विचारहरु राख्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन सुचारु गराउन सहयोग गर्नुपर्ने तर्क समेत गरे । अध्यक्ष तिमिल्सिनाले भने, ‘यहाँहरुले आफ्ना कुराहरु राखिरहनु भएको छ ।

राष्ट्रको ध्यान समग्र सदन संचालनको बारेमा पक्कै पनि गएको छ । यसकारण हामी राष्ट्रियसभामा आफ्नो भनाईहरु पनि राखौं र नियमित ढंगले हाम्रा जे विषयहरु छन । ती विधेयकहरुलाई अगाडि बढाउनका लागि मुख्यगरी प्रमुख प्रतिपक्ष दलको माननीयज्यूहरुलाई म आग्रह गर्न चाहन्छु । कि त्यसमा सहज गराई दिनुस् ।

यहाँहरु बसेर यस बैठकलाई सूचारु गर्न म फेरी पनि अनुरोध गर्दछु । माननीय सदस्यहरुलाई म बस्न आग्रह गर्दछु । हामी सदनमा देशको बारेमा विकासको बारेमा समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा वा कुनै पनि विषयमा छलफल गरौं । विचारहरु राखौं ।

जसले गर्दाखेरी देशलाई अगाडि बढाउन पनि सहयोग पुग्छ । सदनको मर्यादा पनि अझ उच्च हुन्छ । यसकारण म माननीय सदस्यहरुलाई बस्न आग्रह गर्दछु ।’

Advertisement

तर अध्यक्ष तिमिल्सिनाको भनाईलाई बेवास्ता गर्दै एमालेका सांसदहरुले बैठक अवरुद्ध पारिरहेपछि राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ का वार्षिक प्रतिवेदनहरु पेश गर्ने आजको कार्यसूचि हटाईएको थियो । र अध्यक्ष तिमिल्सिनाले अर्को बैठकको सूचना टाँस गर्ने गरी बैठक स्थगित गरिएको घोषणा गरे ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top