हत्याका दोषीलाई पक्राउ नगरेको भन्दै राजमार्ग अवरुद्ध

४ पुस ७८, सोमबार

५ पुस, सिरहा ।
गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् ।

स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभएपछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् । सडक जामका कारण अहिले सयौं सवारीसाधन सडकमा अलपत्र परेका छन् भने हजारौं यात्रु बिजोग भएको छ । सबैभन्दा धेरै मार टाढा जाने लागेका यात्रुलाई परेको छ ।

बन्दकर्ताहरूले बाँसका भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्दै हिँडिरहेका छन् । उनीहरूले गोलबजार क्षेत्रको राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएका छन् ।

शनिबार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश उपचारत छन् ।

पीडित पक्षका शिवशरण रायले दोषी पक्राउ नगरेसम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र देषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न दबाब मात्र दिएको बताए । प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको बताएको छ । उनीहरू घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top