वर्षमान पुन यसै हप्ता चीनबाट फर्किने

४ पुस ७८, सोमबार

५ पुस, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवम् केन्द्रीय सचिवालय इञ्चार्ज वर्षमान पुन अनन्त यसै हप्ता चीनबाट काठमाडौँ फर्किने भएका छन्।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत पुन यसै हप्ताको अन्त्यमा सुरु हुने राष्ट्रिय सम्मेलनका लागि काठमाडौँ फर्किन लागेका हुन्। माओवादीले आफ्नो राष्ट्रिय सम्मेलन आगामी पुस ११–१३ सम्मा काठमाडौंमा गर्दैछ।

स्वास्थ्यमा उल्लेखनीय सुधार भएपछि पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्वदेश फर्किन लागेको पुन ऊर्जामन्त्री हुँदा स्वकीय सचिव रहेका माओवादी केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईँले बताए। ‘उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएपछि अस्पतालले ४–५ दिनअघि नै जनरल वार्डमा स्थानान्तरण गरिसकेको छ,’ ‘अब उहाँको सम्पूर्ण शरीरको जाँच हुँदैछ। त्यसपछि नेपाल फर्किनु हुनेछ।’

सम्मेलनअघि नै नेता पुन काठमाडौँ आइपुग्ने पक्का भए पनि मिति यकिन भइसकेको छैन। लाखौँमा केही जनालाई देखिने जटिल प्रकारको जण्डिसको उपचारका लागि पुन १३ असोजमा बैंकक पुगेका थिए। त्यहाँस्थित समितिभेज अस्पतालमा उपचारबाट सुधार नभएपछि पुनलाई १० मंसिरमा चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो।

उक्त अस्पतालमा उपचार सुरु भएको केही दिनमै उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको थियो। चीनमा उनको उपचारका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल गरेका थिए। ११–१३ पुसमा हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनले पार्टी फेरि बहुपदीयमा फर्काउँदैछ। माओवादीले बहुपदीयमा लैजान उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदलाई फर्काउँदैछ।

नेता पुन महासचिवका दावेदार मानिन्छन्। एमालेसँगको विभाजनपछि माओवादीले स्थायी कमिटी सदस्य पुनलाई केन्द्रीय सचिवालय इञ्चार्ज जस्तो शक्तिशाली जिम्मेवारी दिएको थियो। पहिलो पटक पार्टी केन्द्रीय सचिवालयमा इञ्चार्जको व्यवस्था गरेर त्यसको जिम्मेवारी पुनलाई दिइएपछि उनलाई पार्टीको भावी महासचिवका रुपमा अर्थ्याउन थालिएको थियो।

तर, जण्डिसको पुरानै रोग बल्झिएर उपचारका लागि थाइल्याण्ड र चीनमा लामो समय बिताउनु परेपछि उनी सम्मेलनमा उपस्थित हुन नसक्ने आशंका बढेको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top