माओवादी केन्द्रको बागमती अध्यक्षमा सरल सहयात्री विजयी

५ पुस ७८, मंगलबार

६ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले बागमी प्रदेश नेतृत्व चयनका लागि गरेको चुनावबाट सरल सहयात्री अध्यक्षमा विजयी भएका छन्।

Advertisement

कुनै पनि तहको नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गरेको यो पहिलोपटक हो। बागमती प्रदेश नेतृत्व चयन गर्न सोमबार राति सम्पन्न मतदानको आज (मंगलबारं) बिहान ३ बजेतिर सार्वजनिक भएको हो। सार्वजनिक नतिजाअनुसार प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराउँदै सहयात्री माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष बनेका हुन्।

गौतमलाई ७६ मतले उछिन्दै सहयात्रीले अध्यक्ष पद जितेका हुन्। विजयी सहयात्रीले १६२ मत ल्याए भने गौतमले ८६ मत। जम्मा २ सय ६१ भोट खसेको थियो। तल्लो तहदेखि सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले बागमती अध्यक्ष पदमा भने सहमति जुटाउन सकेन।

Advertisement

गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको बागमती प्रदेश सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति हुन सकेको थिएन। जति प्रयास गर्दा सहयात्री र गौतमले दाबी नछोडेपछि पदाधिकारीको निर्वाचन गरिएको हो।

निर्वाचनबाट बागमती उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन्। अन्य ७ उम्मेदवारलाई पछि पार्दै यी तीन जना विजयी भएका हुन्। यसैगरी सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ विजयी भएका छन्। सचिवका प्रतिस्पर्धीद्वय रामचन्द्र अधिकारी र धर्म डंगोललाई हराउँदै थिङ चुनिएका हुन्।

Advertisement

यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्ष संगीता भट्टराई भएकी छन्। यही पुस ११–१३ गते माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदै छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top