संसद बैठक पछि सांसदहरू के भन्छन् ?

५ पुस ७८, मंगलबार

६ पुस, काठमाडौं ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए।

‘म स्पष्ट गर्न चाहान्छु, यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन। कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं,’ उनले भने।

एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए। ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन। एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रूची छैन। सरकारमा जान कुनै रुची छैन।

नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन’, उनले भने, ‘हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस्। यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौं।’

नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाए। एमालेले संसद चलाउन सत्ता पक्ष र प्रतिपक्ष बिचको वार्ता चाहेको भए पनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाई छ।

‘हामीले पहिलो दिनदेखिनै यदि संसद चलाउने हो भने सत्ता पक्ष र प्रतिपक्ष बिचको वार्ता हुनु जरूरी छ। एजेण्डाहरू थुप्रै छन्, ती एजेण्डामा सहमतिको आधारमा जान सकिन्छ भनेकै छौं तर सत्तापक्ष प्रतिपक्षसँग वार्ता गर्ने मुडमा छैन’, उनले भने, ‘पेलेरै जानेखालको मुडमा देखिन्छ। त्यसैले हामीले पनि संसदको अवरोध कायमै राख्छौं। सारमा संसदको अवरोध सत्ता पक्षले गरिरहेको छ।’

एमाले अझै पनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने उनले बताए। ‘सिंगल सिंगल रोष्टममा उभिएर हाम्रा कुरा राख्दाखेरी नसुनेपछाडी सामुहिक रुपमा हामीले नाराको माध्यमद्वारा हाम्रा कुरा राखेको हो ।

हामीले सत्तापक्षसँग प्रतिपक्षको वार्ता चाहेका हौँ । छलफल चाहेका हौं। राष्ट्रिय इस्यूहरुमा त्यहाँ छलफल गरेर, निष्कर्ष निकालेर अगाडि जान सक्छौं हाम्रो कुरा यहीँ हो,’ उनले भने।

नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले एमालेले संसद अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरे। उनले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफूलाई अर्मयादित बनाउनु नहुने बताए।

‘स्वभाविक रूपमा उसले संविधानको मर्यादालाई नाघिराख्या छ। अदालतमा खोज्नुपर्ने उपचार संसदमा खोज्ने, संसदमा पाउनुपर्ने उपचार गएर मन्त्री परिषदमा खोज्ने भनेको वास्तवमा डेमोक्रेसीलाई डिरेल गर्ने कुरा नै हो’, उनले भने, ‘नेकपा ९एमाले० ले लामो समय आफूलाई बडो डेमोक्रेटिक देखाउन प्रयत्न गरेको हो भने उसले यसलाई अर्मयादित गर्नु हुँदैन।’

नेकपा (एकीकृत समाजवादीले) का सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताए। एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क छ।

‘हामीले बुझ्न पनि सकिराख्या छैनौं। अब इस्यू छैन। विषयवस्तु सदनमा त्यो खालले अवरोध गर्नुपर्ने कुनै एजेण्डाबाट भएको छैन। केवल अवरोधको निम्ति अवरोध भएको देखिन्छ। यो एउटा दुःखदायी कुरा पनि हो’, उनले भने, ‘राजनीतिक स्थिरताको निम्ति जसरी आज नेपाली जनताले हामीलाई मत दिएर झन्डै दुई तिहाईको मतको सरकार बनाएका थिए। अहिले यो अवस्थामा आइपुगेको छ।

त्यो मात्रै होइन, अरु पनि बखेडा झिकेर सदन अवरोध गर्ने, अरु खालका गतिविधि गरेर राजनीतिक रुपमा जुन स्थिरता ल्याउनुपर्ने त्यसको ठाउँमा अस्थिरता बढी जन्माउने खालको अवस्था जुन सिर्जना भएको छ यो बेठिक हो।’

विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए। ‘अहिले जुन खालको सदन अवरोध भएको छ, त्यो सदन अवरोध गर्ने खालको एजेण्डा त्यो खालको इस्यू होइन। यसले अन्तत् राजनीतिक दलहरूलाई र स्वयम् नेकपा (एमाले) लाई पनि राम्रो गर्दैन।’

उनले जुन विषय उठाएर संसद अवरुद्ध गरिएको छ त्यो विषय संसद अवरुद्ध गर्ने खालको नभएको टिप्पणी गरे। संसद अवरूद्ध गर्नाले राजनीतिक दलहरु र स्वयम् एमालेलाई पनि राम्रो नहुने सांसद पाण्डेले बताए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top