एमसीसीलाई समर्थन गर्नेहरु देशद्रोही हुन्ः प्रेम सुवाल

७ पुस, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् ।

एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे ।

उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गरे । सांसद सुवालले भने, ‘नेपालको विजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौंता भनेको नेपालको विजुली भारतहुँदै सिंगापुर लाने हो ।

एमसीसी सम्झौंताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाईन तान्ने उल्लेख छ । अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म विजुलीका लाईन तान्ने कहाँबाट आयो ? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौंतालाई समर्थन गर्न सक्दैनन् । एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन ।

यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’ सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता समेत औंल्याए । उनले एमालेले अवरोध गरिरहेका बेला संसद् बैठक सूचारु गराउन नहुने अडान पनि दोहो¥याए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top