चिनियाँ राजदूत र ओलीबीच भेटवार्ता

७ पुस, काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

Advertisement

राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी हुन्। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन्।

नेपालको संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदनबारे दलहरुबीच मतभेद बढिरहँदा चिनियाँ राजदूतले ओलीलाई भेटेर आफ्ना सरोकार दर्शाएकी छन्। यद्यपि त्यसको स्वतन्त्र पुष्टि भएको छैन।

Advertisement

विदेश बिभाग प्रमुख भट्टराईले भेटमा दुईजनाबीच एमसीसीबारे छलफल नभएको दाबी गरे। गत साता चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका एक नेताले एमाले महासचिव शंकर पोखरेलसँग भिडियो संवाद गरेका थिए। संवादमा चिनियाँ नेताले अमेरिकी परियोजना एमसीसीबारे चासो राखेको समाचार सार्वजनिक भएका थिए।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा चिनियाँ विज्ञहरुले एमसीसीलाई अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटिजीको अंगका रुपमा ब्याख्या गर्दै उक्त रणनीतिमा सहभागी हुनु नेपालको हितमा नरहेको उल्लेख गरेका थिए।

Advertisement

कतिपय चिनियाँ विज्ञले एमसीसी अमेरिकाको चीन घेर्ने विश्व रणनीतिको हिस्सा रहेको भन्दै त्यसमा सहभागी हुँदा नेपालले विचार पु¥याउनुपर्ने बताएका थिए। एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिलेसम्म पर्न सकेको छैन। प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी अनुमोदनका पक्षमा नरहेको बताउँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top