ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्‍न आदेश

७ पुस, काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ ।

मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ । सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पति पक्राउ परेको र म्याद थपका लागि अदालतमा पेश भएको स्वीकारे ।

‘उहाँहरु लगायतमाथि सरकारी कागजात कीर्ते गरेको आरोपमा छानविन चलिरहेको छ, अनुसन्धानका क्रममा हामीले पक्राउ गरेका हौं’ डीआईजी सिंहले भने, ‘थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।’

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशका कारण थुनामा छन् ।

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभएका उनी लुक्दै हिडेका थिए ।

शोभाकान्त ढकाल विशेष अदालतमा हाजिर भएपछि आफू समेत हाजिर हुने र धरौटीमा छुट्ने योजनामा रहेका उनी ढकालको थुना अवधि लम्बिएपछि अदालतमा हाजिर भएका थिएनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top