सर्वोच्चद्वारा चार्ल्स शोभराजलाई थुना राखेकोबारे कारण देखाउ आदेश

७ पुस ७८, बिहीबार

८ पुस, काठमाडौं ।
सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ।

Advertisement

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो। उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्। उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ।

सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top