×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

तरलता सहज बनाउन विदेशको रकम बैंकिङ प्रणालीबाट आउनुपर्छः बैंकर्स संघ

८ पुष २०७८

८ पुस, विराटनगर ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका हुन् ।

Advertisement
Advertisement

तरलताको अभाव कम गर्न के गर्ने ?

अध्यक्ष उपाध्यायले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्रणाली मार्फत ल्याउने नीति सरकारले बनाउनु पर्ने धारणा राखे । उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए । अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताए ।

अध्यक्ष उपाध्यायले भने,‘तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु आवश्यक छ । राष्ट्र बैंकले यस्तो नीति बनाएमा बजारमा तरलताको समस्या कमै आउने थियो ।

अहिले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स समेत बैंकिङ प्राणली भन्दा बाहिरबाट आउने गरेको छ । पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन्। अहिले तरलताको समस्या केही मात्रामा रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था छैन्।

अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउनु स्वभाविक हो । ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउँछ। कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ । अब बैंकहरु पनि सन्तुलित भएर जान जरुरी छ ।

बैंकहरुले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्ने

डेभलपमेन्ट बैंकर्स एसोसिएसन आफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अब बैंकहरुले बढी भन्दा बढी उत्पादनमुलक क्षेत्रका कर्जा प्रवाह गर्ने बताए । अध्यक्ष पोखरेले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर मात्रै बजारमा तरलता अभाव नभएको बताए ।

उनले राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्र कुन–कुन हुन भनेर छुट्याई दिनु पर्ने बताए । अध्यक्ष पोखरेलले भने ,‘अब बैंकहरुले पनि कर्जा लगानी गर्दा उत्पादन क्षेत्रमा बढी गर्ने प्रयास गर्ने तयारी गछौं । तर, पछिल्लो समय बैंकहरुले उत्पादन मुलक क्षेत्र भन्दा बाहिर धेरै लगानी गरेर मात्रै बजार तरलता अभाव भएको होइन ।

बैंकहरुमा ५२ प्रतिशत फिक्स डिपोजिट र २२ प्रतिशत मात्रै चलायमान कर्जा प्रवाह रहेको छ । कर्जा प्रवाह भए अनुसार निक्षेप नबढ्दा तरलतामा केही असहज भएको हो । अहिले कुन उत्पादन क्षृेत्र हो भन्ने समस्या रहेकाले राष्ट्र बैंकले उत्पादनका क्षेत्र छुटयाई दिनुपर्छ ।

अहिले बैंकहरुले १५ प्रतिशत उत्पादन क्षेत्रमा कर्जा लगानी गरिरहृेका छन््। कषिमा ८ प्रतिशत,होलसेल तथा रिटेलमा २० प्रतिशत कर्जा लगानी बैंकले गरेका छन्।’

तरलता बढी हुँदा गुणस्तरीय कर्जा नराम्रो

त्यस्तै,नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले वित्तीय संस्थाहरुमा तरलता बढी हुँदा गुणस्तरीय कर्जा नराम्रो हुने गरेको बताए । उनले बैंक व्यवस्थापनलाई संस्थाको पुँजी निर्माण र लगानी बढाएर पँजी व्यवस्थापन राम्रो बनाउन ध्यान जाने गरेको बताए ।

अध्यक्ष तुलाधरले वित्तीय संस्थाहरुले उत्पादनका क्षेत्रमा कर्जा लगानी गर्ने गरेको बताए । उनले भने,‘नेपालमा कुन क्षेत्रलाई उत्पादनको क्षेत्र मान्ने छुट्याउन नसिएको छैन । राष्ट्र बैंकले नै यसलाई तोकि दिनुपर्छ । नेपालमा एसेम्बल गर्ने वस्तु आयात हुन्छ । आयात गरेर नेपालमा नै बस्तु उत्पादन गरिन्छ ।

Advertisement

त्यस्ता उद्योगलाई उत्पादन उद्योग मान्नेकी नमान्ने । अहिले हामीले घरजग्गा,रियल स्टेटको कारोबारलाई अनउत्पादन क्षेत्रमा राखेका छौं । तर, सिमेन्ट,डन्डीहरु प्रयोग गछौं ।’ अध्यक्ष तुलाधरले बजारमा रहेको तरलता व्यवस्थापन गर्न विदेशबाट आउने रेमिटेन्सलाई बैकिङ खाताबाट मार्फत पठाउने व्यवस्था लागू गर्नु जरुरी रहेको बताए ।

Advertisement

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top