चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १९ गैँडा मरे, दुई चोरी सिकारीले मारेको आशङ्का

८ पुस ७८, शुक्रबार

९ पौष, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैँडा मरेका छन् ।

Advertisement

मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अरु कालगतीले नै मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका छन् ।

Advertisement

साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा ३३ वटा गैँडा मरेको तथ्याङ्क छ । पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा पाइएको थियो ।

Advertisement

गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top