यू-१९ एसिया कपमा नेपालले टस हारेर बङ्गलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै

९ पौष, काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

Advertisement

खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु भएको छ । अहिले खेलमा बंगलादेशले टसजितेर ब्याटिङ गरिरहेको छ भने नेपालले फिल्डिङ गरिरहेको छ ।

नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो ।

Advertisement

नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार कुवेतसँग खेल्नेछ ।

यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । हिजो भएका खेलमा भारत, पाकिस्तान र श्रीलङ्काले विजयी सुरुवात गरेका छन् ।

Advertisement

भारतले यूएईलाई १ सय ४५ रन, श्रीलङ्काले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका हुन् । जितसँगै भारत, पाकिस्तान र श्रीलङ्काको अङ्कतालिकामा दुई/दुई अङ्क भएको छ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top