कांग्रेस प्रदेश २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर, महामन्त्रीमा उपेन्द्र र बृहस्पति निर्वाचित

९ पुस ७८, शनिबार

१० पुस, विराटनगर ।
नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भए भने उनीहरुको निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए ।

सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भए भने उनीहरुको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरिन् । यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेको छन् ।

प्रदेश समितिका सदस्य पदको मतगणना भईरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top