चुनावसम्म संसद अवरोध गरिरहन्छौंः केपी ओली

९ पुस ७८, शनिबार

१० पुस, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् ।

पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् । शनिबार विराटनगरमा आएका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट निष्कासन गरेका मान्छेहरूलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।

कुराकानीको क्रममा अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताए । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उनले भने, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’ यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो ।

‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि’ अध्यक्ष ओलीले भने ।

गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top