Nepal Times
Nepal Times
3
Shares

साढे १ लाख रूपैयाँमा १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार

साढे १ लाख रूपैयाँमा १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार

११ पुस, धनगढी ।
धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले विद्युतीय कार बनाएका छन् ।

विद्याश्रममा १० कक्षामा अध्ययनरत विद्यार्थीले उक्त कार बनाएका हुन् । विद्यार्थीहरू रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत १ लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् ।

अर्का विद्यार्थी ऋषिकेशले भने, अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.