११ पुस, विराटनगर ।
नेकपा मालेका महासचिव सिपी मैनालीले जनयुद्धको लक्ष्य कसले अपहरण गर्‍यो भन्ने विषयमा माओवादी नेतृत्वले जवाफ दिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको लक्ष्य भन्दा अर्कैतर्फ फर्किएको बताएका छन् ।

माओवादीले लिएको लक्ष्य नै गलत थियो कि त्यो घोषित लक्ष्यलाई अहपरण गर्‍यो, मैनालीले भने, जनयुद्धमा उठाएको विषय भन्दा अर्कोतर्फ मोडिएको छ । जनताले यस विषयमा जवाफ खोजिरहेका छन् ।

कार्यक्रममा मैनालीले धेरै वटा प्रश्नको माओवादीले जवाफ दिन आवश्यक रहेको बताएका छन् ।

Scroll to Top