Nepal Times
Nepal Times
3
Shares

समाजसँग बालबालिकालाई जोड्न आवश्यक छः गगन थापा

समाजसँग बालबालिकालाई जोड्न आवश्यक छः गगन थापा

१२ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् ।

कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीका लागि छात्रवृत्ति

उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए । महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरुका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए ।

महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ । बा,आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ ।

सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरु गरेको हो । समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरु गरिएको हो ।

पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ । नेपालीहरुले आफैँ मिलेर पनि यस्ते अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान सबै प्रदेशका सुरु हुने

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २-२ वटा जिल्लामा सुरु हुनेछ । उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.