भारतमा एकदिन १३५ ओमिक्रोन संक्रमित भेटिए

१२ पुस ७८, मंगलबार

१३ पुस, एजेन्सी ।
भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

Advertisement

एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्यरकेन्द्र शासित प्रदेशमा फैलिएको छ ।

दिल्लीमा अघिल्लो दिन ओमिक्रोनको सर्वाधिक ६३ संक्रमित भेटिएका छन् । यसबाहेक महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका छन् ।

Advertisement

ओमिक्रोनको खतरालाई मध्यनजर गर्दै सोमबार संसारभरी २,१०० फ्लाइट रद्द भए

ओमिक्रोनको बढ्दो मामिलाका बीच संसारभरी उडान रद्द हुने सिलसिला जारी छ ।

Advertisement

सोमबार करिब २१०० उडान रद्द भए जसमा ७०० अमेरिकाको हो । रिपोर्टका अनुसार क्रिसमसको छुट्टीका बेला शनिबार र आइतबार अमेरिकाको २३ सय उडान रद्द भए । यस्तै संसारभरी यतिबेला ३५०० उडान रद्द भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top