×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

उज्वेकिस्तानलाई हराउँदै नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

१३ पुष २०७८

१३ पुस, विराटनगर ।
साविक विजेता नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ ।

नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

Advertisement
Advertisement

नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले जित्न सफल भयो । नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

पहिलो सेटमा एक समय १२–१७ ले पछि रहेको नेपालले पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि नेपालले लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुगेको थियो । त्यसपछि नेपालले तीनपटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्न सफल भयो ।

दोस्रो सेटमा पनि कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ ले उज्वेकिस्तानलाई नतिजा सुम्पियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एक समय नेपालले खेललाई १५–१६ को अवस्थामा ल्याएको थियो । त्यसपछि लय गुमाएको नेपाल १९–२३ ले पछि परेको थियो ।

उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किएको संकेत दिदा ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा ल्याउँदै नेपालको आशा जगाएको थियो । त्यसपछि नेपालले एक अंक जोड्दा उज्वेकिस्तानले दुई पटक सेट प्वाइन्ट लिदै खेल २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा सुरुवातमा प्रतिस्पर्धा हुदा ११–११ को बराबरीबाट अग्रता लिदै लगातार ७ अंक जोडेपछि नेपालले १८–११ ले अघि बढ्दै जिततर्फ अग्रसर बन्यो । त्यसपछि नेपालले थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्न सफल भयो ।

प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा लम्वियो । प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपालले १३–९ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि उज्वेकिस्तानले दुई अंक र नेपालले दुई अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्न सफल भयो ।

च्याम्पियनसिपमा कृपा अधिकारी, मनिषा चौधरीले पूनरागमनसहित खेल्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले राष्ट्रिय टोलीमा डेब्यु गरिन् । यसपटक नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेल्दा १८ सेटमा जित र ३ सेटमा हारको नतिजा निकाल्यो ।

नेपालले श्रीलंकासँग २ तथा उज्वेकिस्तानसँग एक सेट गुमाएको थियो । त्यसअघि श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । २३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ ।

Advertisement

च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने प्रावधान रहेको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top