×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

अराजक बन्दै सिके राउत, एसपीलाई जनकारबाहीको धम्की

१३ पुष २०७८

१३ पुस, विराटनगर ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पछिल्ला केही दिन यता लगामविहीन उग्रता प्रर्दशन गर्दै आएका छन् ।

सरकारी कार्यालयमा राखिएको गहुँको विउ जबरजस्ती लगेपछि सुरु भएको पछिल्लो प्रकरणको जडमा सिके राउतले आफ्नो पकड जमाउने रणनीति अख्तियार गरेको देखिन्छ । जनआवाज जसरी आफ्ना निहीत केही माग अघि तेर्साएर बन्द हड्ताल गर्ने र त्यसबीचमा सवारी साधन आगजनी र तोडफोडमा उत्रिएको जनमत पार्टीका अभिब्यक्ति झनै अराजक बन्दै गएका छन् ।

Advertisement
Advertisement

जनमत पार्टीका प्रमुख सिके राउतले सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने खुल्ला धम्की दिएका छन् । सिके राउतको सचिवालयले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सिरहाका प्रहरी उपरीक्षक पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएको हो ।

गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै राउतको सचिवालयले एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो ।

‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडा समेत नदिएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकिलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ,’ सिके राउतको सचिवालयको फेसबुक पेजमा लेखिएको छ । राउतले हिरासतमा रहेका आन्दोलनकारीसँगको व्यवहार सुधार्न भन्दै एसपी पाण्डेलाई चेतावनी समेत दिएका छन् ।

‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ’, राउतको सचिवालयको फेसबुक पेजमा लेखिएको छ ।

जनमत पार्टीले सिरहामा आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज मंगलबार र भोली बुधबार जिल्लामा निषेधाज्ञा जारी गरेको छ । चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा (चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागूहुने गरी निषेधाज्ञा जारी गरेको हो। प्रशासनकाअनुसार निषेधित क्षेत्रमा समूहमा हिँडडुल गर्न पाइने छैन भने पाँच जनाभन्दा बढी भेला हुन पनि पाइने छैन।

कुनै किसिमका भेला, सभा तथा जुलुस गर्न नपाउने आदेशमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार यातायात भने सूचारु रहने । आदेश उल्लंघन गरेमा नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ।

पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ। जनमत पार्टीले पक्राउ परेका किसानहरुको विनासर्त रिहाईको माग गर्दै आन्दोलन गर्दै आएको छ।

सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृंखल व्यक्तिको उक्साहटमा मंगलबार लुटिएको थियो। गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहा¥यो।

प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो। सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार गहुँको बीउलगायत सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्न व्यक्तिलाई बिनाकारबाही छोड्नुपर्ने दबाब नमानेपछि जनमत पार्टीका कार्यकर्ताले उग्रता प्रदर्शन गरेका हुन्।

आइतबारको उग्र प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनीमा संलग्न १४ जनालाई पक्राउ गरिएको एसपी पाण्डेले बताए। उनका अनुुसार १४ वटा सवारीसाधनमा तोडफोड र एउटा ट्रकमा आगजनी भएको छ। प्रहरीका दुई र सशस्त्र प्रहरीका एक गरी तीनजना घाइते भएको उनले बताए।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लियो।

लगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा उग्र प्रदर्शन सुरु ग¥यो। अख्तियारको बर्दिवास कार्यालयम पुगेर समेत जनमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए। कात्तिक ४ गते जनकपुरधामस्थित खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमतका कार्यकर्ताले दुर्व्यहार गरे।

‘जनकारबाही’ का नाममा कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै बन्धक बनाएर हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए। जनमत पार्टीका अध्यक्ष सिके राउतको घर जाने बाटोमा जमेको पानी निकास गरी सडक दुरुस्त नपारेको झोकमा कुशवाहालाई अर्ध नग्न पारी जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए।

२०७५ फागुन २४ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र मुलुकको अखण्डता विरुद्ध लागेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top