सेयर बजार किन असुरक्षित, के भन्छन् पूर्वगभर्नर नेपाल ?

१२ पुस ७८, मंगलबार

१३ पुस, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सेयर बजार सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका छन् ।

पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका हुन् । उनले विगत ७ वर्ष अगाडि गति सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए ।

नियमावली नल्याउनु समस्या

पूर्वगभर्नर नेपालले लामो समय देखि पँुजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए । उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए ।

बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुनको अभाव

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर,अनउत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए ।

माथि बस्नेले सेयरका बारेमा नबोल्नु राम्रो

उनले सेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले सेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीति मार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक संधै बजारप्रति सकारात्मक रहेको बताए ।
सेयरमा ४÷१२ करोडको सिमा तोक्नु गलत

उनले मौद्रिक नीतिमा ४÷१२ करोडको सिमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताए । पूर्वगभर्नर नेपालले भने,‘ शेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन ।

जती बेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरे त्यस पछि खासै केही भएको छैन । जुन बेला सेमि अटोमेशन ल्याएको थिए । त्य पछि शेयर बजार सुधारको लागि शेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्यो समेत ल्याउन सकिएको छैन ।

पहिला पहिला नागरिताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बेकेर शेयरमा लगानी गर्ने गरिन्थियो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणाली मार्फत कारोबार सुरु गर्ने काम गरेको थिए । तर त्यसपछि जुन गतिमा शेयर बजारको विकास हुनुपर्ने हो भएको छैन ।

बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा शेयर बजारमा भएका नयाँनयाँ सफ्टवयर देखि लिएर नियम कानुन समेत नेपालमा पनि ल्याउनु पर्छ ।

शेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ । शेयर बजारमा बदमासी गरेको लाई अहिलेसम्म कुनै कारवाही गरेको छ । शेयर बजारमा बदमासी गर्नेलाई कसैले कारवाही गरेको छ । अहिलेसम्म त्यस्तो छैन् । यो विषयमा सबैलाई थाहा छ ।

बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा शेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन्। शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन्। १० स्थानबाट कार्यालयको काम गरेर हिडेको छ । यो स्थितीमा शेयर बजारको प्रमुख नै छैन्।

४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । शेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो ।

३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ । त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै शेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । जहाँ साम्मेवादी र प्रगतिशित विचार भएका मन्त्रीहरु कसैले शेयर बजार जुवा घर हो भन्ने कसैले अनउत्पादन क्षेत्र भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरुले बेलाबेलामा दिएका अभिव्यक्तिले सम्बेदनशिल शेयर बजार असर परेको छ।

शेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ। लगानीकर्ता अत्तिरहेका पनि हुन्छन भने हैसिएका पनि हुन्छन्। त्यसैले शेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरुले बोल्दै नबोल्दिए राम्रो हुन्छ ।

उहाँहरुले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन । शेयर लगानीकर्ताहरुले भने जस्तो राष्ट्र बैंकले शयेर बजारलाई अवहेलना गरेको छैन्। बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो । १८ सयसम्म पँुजी वृद्धिले पु¥याएको छ ।

पहिलो ७ सयको इन्डेक्स रहेको थियो । यहाँ पुग्ने अवस्था थिएन । पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो । राष्ट्र बैंकले शेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो । तर, पनि शेयर बजारलाई सर्पोट गरेको छ। अहिले पनि गरेको छ। तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतीमा तुरुन्त ४ ÷१२को सिमा नल्याएको भए हुने थियो ।

तर ल्याउँदा केही असर प¥यो । जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ की भन्ने लागेर हुन सक्छ। बजार बढी रहेको थियो राष्ट्र बैंकले विस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो । तर त्यस्तो भएन यसमा शेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुखि छन्।

नेपाली शेयर बजारले अन्तराष्ट्रिय बजारमा सन्देश राम्रो दिदैन् । अरु देशमा शेयर बजारको मान्यता दिएर नीति निर्माता देखि लिएर सबैले हेरेको हुन्छ । तर नेपालमा नीति निर्माताले शेयर बजारलाई त्यति महत्व नदिएको अवस्था हो ।

जो कोही सरकारमा गए पनि शेयर बजारलाई ध्यान दिने गरिएको छैन । मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्वपूर्ण योगदान रहेको छ । यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको शेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ ।

देशभरी छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरुले व्यापार व्यवसाय विस्तार गर्ने शेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन् । हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था शेयर बजार हो ।

यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पु¥याएको छ । मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ। जीडिपी भन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरु ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ ।’

पूर्वगभर्नर नेपालले विश्वमा नै सेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top