१३ हजार बढी शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन

१४ पुस, विराटनगर ।
शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

Advertisement

आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ।

Advertisement

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्। यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।
आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top